
पोखरा । पोखरा ओम अस्पतालमा २ दिनअघि एकजना बिरामी रुघाखोकी लागेको भन्दै उपचारका लागि गए ।
आफूलाई कोरोना संक्रमण भएका आशंका गर्दै उनी त्यहाँबाट पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान गए । त्यहाँ उनले कोरोना परीक्षणका लागि सशुल्क स्वाब दिए ।
स्वाब दिएर घर फर्किएको भोलिपल्ट ती ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखियो । ‘सुरुमा कोरोना नेगेटिभ आयो भनेर घर जानु भो ।
पछि पोजेटिभ देखिएपछि उहाँलाई आइसोलेसनमा ल्याइसकेकिएको छ,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले भने ।
ती व्यक्ति पछिल्लो समय घरबाहिर नगएको पाइएकाले उनको सम्पर्क भएका व्यक्तिबारे जानकारी लिने काम भइरहेको पौडेलले बताएका छन् । ‘उहाँको बाह्य ट्राभल हिस्ट्री छैन ।
बिरामी भएरै अस्पताल भर्ना भएकाले स्वास्थ्य अवस्था अलि क्रिटिकल छ,’ उनले भने, ‘हामी कन्ट्याक ट्रेसिङ सुरु गरिसकेका छौं ।’
कास्कीमा आइतबार ती ५२ वर्षीय पुरुषसहित ६ जना नयाँ संक्रमित फेला परेका छन् भने गण्डकी प्रदेश भरी २० जना नयाँ संक्रमित थपिएका छन् ।
प्रतिकृया दिनुहोस्