सिमानामा प्रहरीलाई ५ हजार तिरेर नेपाल आउँदै भारतीय नागरिक

 

काठमाडौं ।

नेपालका विभिन्न जिल्लामा कोरोना समुदाय स्तरमै फैलिएको स्थानिय तहले निष्कर्ष निकालेको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । भारतवाट आएका हरुमा कोरोना देखिने दर बढि छ । नेपालमा अहिले देखिएका कोरोना संक्रमित बाहिरवाट आएकाहरुमा बढि देखिएको छ । तर अहिले समुदायमै कोरोना फैलिएको छ । थप फैलन नदिन सरकारले अन्तराष्ट्रिय सिमाना

बन्द गरेको छ भने हवाई उडान पनि अहिले सञ्चालनमा छैनन् । तर सिमानामा सुरक्षाका लागि बसेका सुरक्षाकर्मीलाई पैसा दिएर भारतवाट नेपाल प्रवेश गर्ने गरेको खुलेको छ । भदौ १ गते सम्मका लागि सिमाना बन्द भएको भएपनि भारतवाट लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ । यसको सबैभन्दा बढी असर कैलालीमा परेको देखिएको छ । कैलालीमा

सुरक्षा निकायकै संरक्षणमा सीमा नाकाबाट धमाधम भारतीय नागरिक नेपाल भित्रिएर क्वारेन्टिन नबसेरै पेशा व्यवसाय गर्न थालेको भन्दै स्थानियले गुनासो गरेका छन् । नेपालमा अहिले पसल ब्यवसाय सञ्चालन गर्ने अनुमति दिइएको छ । यातायात साधन पनि छोटो दुरीमा चल्न थालेका छन् । ब्यवसाय सञ्चालन गर्न भारतीयहरु नेपाल प्रवेश गरेका हुन् ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपाल पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिनै सुरक्षाकर्मीले नेपाल आउन अनुमति दिने गरेको स्थानियले बताएका छन् । भारतको पलिया घर भई धनगढीको एउटा ग्यारेजमा काम गर्दै आएका एकजना भारतीय नागरिकले सीमामा खटिएका प्रहरी र

सशस्त्र प्रहरीलाई पाँच हजार तिरेर नेपाल प्रवेश गरेको बताएका छन् । उनले आफुजस्तै अरु पनि त्यसरी नै सुरक्षाकर्मीलाई पैसा तिरेर भारतवाट नेपाल प्रवेश गरेको बताएका छन् । ती युवकले पैँसा तिरेर त्रिनगर नाका भएर धनगढी फर्किएको बताएका छन । लकडाउनमा ग्यारेज तथा वर्कसप बन्द भएपछि घर गएकाहरु नेपालमा पसल ब्यवसाय सञ्चालन भएपछि

काममा फर्किएका छन् । यसरी प्रहरीले नै रकम असुलेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोना भाईरसको जोखिम बढेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने अहिले सीमानाका बन्द भएकाले नेपाल प्रवेश गर्न नदिईएको बताएका छन् । उनले पैसा लिएर प्रवेश दिएको भन्ने गुनासोका बारेमा अनुसन्धान गर्ने बताएका छन् ।

प्रकाशित भएको : August 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु