काठमाण्डाैमा फैलिएकाे काेराेना सङक्रमणले डढेलाेकाे रुप लिन सक्छ: मन्त्री ढकाल

 

काठमाण्डाै ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काठमाण्डौमा फैलिएको कोरोनाकाे सङ्क्रमण रोक्न सरकार नयाँ रणनीति बनाएर अघि बढ्न लागेको बताउनुभएको छ । मन्त्री ढकालले भन्नुभयो, ‘बाहिरबाट आउने व्यक्तिको हकमा क्वरेण्टीनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । गाडी चलाउने कुरामा पनि जोर–बिजोर प्रणालीको कुरा गरियो भने

त्यसले एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर परीक्षणकाे निम्ति स्वाब सङ्कलन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने खालको कुरा गर्नुपर्छ । काठमाण्डाैमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा

भएको भन्दा पनि यो विस्फोटक हुन सक्छ । उहाँले बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वरेण्टीनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर परीक्षणकाे दायरालाई बढाएर जाने लगायतको काम थालिएको उहाँले बताउनुभयो । काठमाण्डाै उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले भन्दै सचेत

रहन आग्रह गर्नुभयो । सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि सङ्क्रमणको स्थिति बढ्ने अवस्था देखिएको उहाँले बताउनुभयो । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र सङ्क्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाण्डाै आउँदा जोखिम बढेको उहाँकाे भनाइ छ । यस्तै सरकारले अहिले सरकारसँग दैनिक

१८ हजार पीसीआर परीक्षण गर्ने क्षमता रहेको र कुल ६ लाख जनाको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । पहिलो चरणमा कुल जनसंख्याको दुई प्रतिशतको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ । श्रोत: उज्यालो अन्लाईन बाट

प्रकाशित भएको : August 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु