नयाँ लाइसेन्सको प्रकृया तत्काल सुरु नहुने

 

काठमाडाैं ,

सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ।

कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘भीडभाडको कारण छापिएको लाइसेन्स बाँड्न समेत गाह्रो भइरहेको छ। त्यसकारण अहिले नयाँ लाइसेन्सको तयारी त परैको कुरा हो,’ उनले भने।

अवस्था सामान्य रहे डेढ/दुई महिनामा खोलिने उनले बताए।

‘संक्रमण दर कम भयो भने डेढ/दुई महिनामा नयाँ लाइसेन्सको प्रकृया सुरु गर्छौ। नत्र दशैं पछाडि नै होला,’ हमालले भने।

प्रकाशित भएको : August 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु