प्रदेश सरकारले कर्णालीमा आउन पीसीआर रिपोर्ट देखाउनुपर्ने नीति ल्याउँदै

 

सुर्खेत ।

कर्णाली प्रदेशमा प्रवेश गर्न अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने कर्णाली प्रदेश सरकारले निर्णय गर्ने भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाटमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो बताएका हुन् । काठमाडौंको थानकोट प्रवेश गर्दा पीसीआर परीक्षण अनिवार्य

जस्तै बबईबाट कर्णाली प्रदेश प्रवेशमा पनि त्यही प्रक्रिया पूरा गर्नु पर्ने गरी तयारी भइरहेको छ, मुख्यमन्त्री शाहीले भने, कोरोनाको महामारी झनै बढ्ने भएकोले यसबाट बच्न व्यक्तिगत सुरक्षामा ध्यान दिन आवश्यक छ । उनले छिमेकी प्रदेश र पूर्वी तराईमा भाइरसले भयानक रुप लिएकोे भन्दै ती क्षेत्रबाट

कर्णाली भित्रिने नागरिकलाई अनिवार्य पीसीआर जाँच गरिएको कागज देखाउँदा जोखिमबाट बच्न सकिने बताए । भाइरसले दिप्रतिदिन भाइरसले भयावह रुप लिएको छ । फेरि पनि लकडाउन हुनसक्ने अवस्था छ । त्यसैले यो महामारीका बेला सबैभन्दा ठूलो कुरा नागरिकको ज्यान जोगाउनु हो, मुख्यमन्त्री

शाहीले भने, ‘सुर्ती मोल्ने हातमा सेनिटाइजर मोलौं, बाइक चढ्दा हेलमेट जस्तै हरेक व्यक्तिले मास्क अनिवार्य लगाऔं । कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति २ मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन प्रेरित गर्ने बताए ।
मुख्यमन्त्री शाहीले गम्भीर खालका बिरामीको उपचारका लागि

कर्णालीका दशै जिल्लामा अक्सिजन पठाइने बताए । कर्णालीका विकट जिल्लामा विपदमा परेका नागरिकको उद्धारका र राहत सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिने बताए । कर्णालीमा केही दिनभित्रै दैनिक २ हजार ५०० भन्दा बढी नागरिकको पीसीआर जाँच गर्ने गरी तयारी थालेको सामाजिक

विकास मन्त्री दल रावलले बताए । हाल चौरजहारी अस्पताल, दैलेख अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १/१ वटा, प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा दुई वटा पीसीआर मेसिनले स्वाब जाँच गरिरहेको मन्त्री रावलले जानकारी दिए ।

प्रकाशित भएको : August 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु