7 months ago

वीरगञ्ज,
पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको पोखरिया नगरपालिका-९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो ।
मृत्युपछि शंकामा स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकाे थियाे ।
मेडिकल कलेजमा गरिएकाे परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयाे ।
ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।
युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ । देशभर भने मृतकको संख्या ५९ पुगेको छ ।
प्रकाशित भएको : August 5th, 2020
प्रतिकृया दिनुहोस्