वीरगञ्जमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

 

वीरगञ्ज,

वीरगञ्जमा थप एक जना ४६ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत् उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

वीरगञ्ज-१५ निवासी ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा सोमबार उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए।

आजै पर्साका अर्का एकजना १८ वर्षीया किशोरीमा पनि मृत्युपछि संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिका निवासी उनको नेसनल मेडिकल कलेजमा भर्ना नगर्दै मृत्यु भएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

प्रकाशित भएको : August 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु