अब कुनै गुटमा लाग्दिन , एकता जाेगाउँछु : बामदेव गौतम

 

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् ।

उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् ।

मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको र त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको बताएका हुन् ।

गौतम पछिल्लो समय ओली समूहतिर लागेको भन्ने टिकाटिप्पणी भइरहेको बेला उनले प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

सुवेदीमार्फत सार्वजनिक भएको गौतमको प्रष्टीकरणअनुसार मंगलबार पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जाँदा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट बताएका थिए ।

सो क्रममा प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी प्रश्न गर्दा उपाध्यक्ष गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गरेका थिए ।

सोअघि साउन १३ गते गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्तावउपर सोही दिन प्रधानमन्त्री ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको गौतमको भनाइ छ ।

प्रकाशित भएको : August 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु