अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय

 

कैलाली,

कैलालीको कैलारी गाउँपालिकाले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको विपद् व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीका बिओपी प्रमुख, बजारका प्रतिनिधि, नागरिक समाज र सबै वडाका अध्यक्षहरूको बैठकले बिहीबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

क्वारेन्टिनमा बसेकासँगै स्वास्थ्यकर्मी, भान्से र विद्यालयको चौकीदारमा पनि संक्रमण देखिँदा उनीहरूको सम्पर्कमा धेरै मान्छे आएको पाइएपछि लकडाउन गरिएको गाउँपालिकाले जनाएको छ।

लकडाउन अवधिमा बजार, वित्तीय संस्था बन्द हुने, भेला र भीडभाड गर्न नपाइने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेजस्ता कुरा पालना गर्न सूचित गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए।

‘हामीले नभनेर पनि बजार बन्द गर्न स्थानीय आफैं तयार भएका छन्’, उनले भने।

लकडाउनको पालना भए/नभएको निगरानी स्थानीय प्रहरी प्रशासनले गर्ने उनले बताए।

लकडाउनमा सरकारी कार्यालयमा भने कोभिड-१९ बाट बच्न सुरक्षा सतर्कता अपनाएर सेवा सुचारू राखिने छ।

कैलारी गाउँपालिकामा संक्रमतिको संख्या ४८ जना रहेको छ। तीमध्ये ४१ जना निको भएका छन् भने ७ जना सक्रिय संक्रमित छन्।

प्रकाशित भएको : August 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु