लकडाउन विरुद्धमा अर्थमन्त्री भन्छन: अब पनि लकडाउन भयोभने अर्थतन्त्र धान्न सकिन्न

 

काठमाडौं ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको दर डरलाग्दो तरिकाले बढ्न थालेपछि फेरी लकडाउनको कुरा उठेको छ । सरकार नै फेरी लकडाउन गर्ने मनस्थितिमा पुगेर विज्ञहरुसंगको छलफलमा जुटेको छ । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा विज्ञसंग छलफल गरेका छन् । विज्ञहरुले फेरी एक पटक कम्तिमा लकडाउन मात्र होइन आवश्यक परे

करफ्र्यु समेत लगाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओली पनि उनीहरुको सुझावलाई सकारात्मक रुपमा लिएको प्रतिकृया पनि दिइसकेका छन् । तर यता लकडाउनको कुरा उठ्न थालेपछि सरकारकै एक मन्त्री र ब्यवसायीहरु भने त्यसको विरोधमा देखिएका छन् । देशमा कोरोना बढेर फेरी लकडाउन हुन्छ कि भन्ने आम मानिसहरुको कौतुहलता रहेको बेला

सरकारका प्रवक्ता समेत रहेका अर्थ सूचना तथा संचार मन्त्रि डा युवराज खतिवडाले पुन लकडाउन नहुने बताएका छन् । उनले अब फेरी लकडाउन गरिए मुलुकको अर्थतन्त्र धरासायी हुने प्रतिकृया दिएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन फेरि लकडाउन गर्ने सम्भावना नरहेको बताए । उनले लकडाउन होइन सुरक्षाको मापदण्ड अपनाउँदै आर्थिक

काम जारी राख्ने सुझाव दिएका छन् । तर अनुसार यातायात, शैक्षिक संस्था र भीडभाड हुने क्षेत्र भने तत्काल नखुल्ने उनको भनाई छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तिमा पनि १५ दिनजति पूर्ण रुपमा लकडाउन गर्न सुझाव दिएका छन् । त्यस्तै ब्यवसायीहरु पनि लकडाउनको विरुद्धमा देखएिका

छन् । उनीहरुले ४ महिनाको लकडाउनले ब्यवसायीक क्षेत्र आक्रान्त बनेको भन्दै लकडाउन अन्तिम विकल्प भएकोले अरु विकल्पबारे पनि सरकारले सोच्नुपर्ने बताएका छन् । दैनिक गुजारा गरेर बिहान बेलुकाको छाक टार्ने श्रमिक वर्गहरु लकडाउनमा सबैभन्दा बढी मर्कामा परेका थिए । १२० दिन लामो लकडाउनका कारण व्यापार व्यवसायमा नराम्रो धक्का

व्यहोरेका उद्योग, व्यवसायीहरु भने फेरि लकडाउन हुने हो कि भनेर झस्किन पुगेका छन् । व्यवसायीहरुमा कतै फेरि त्यस्तै कठिनपूर्ण समयको सामना गर्नुपर्ने होइन भन्ने चिन्ता देखिएको छ । जेजसो भए पनि पहिलेको जस्तो लकडाउनको दुर्गति अब भोग्नु नपरोस् भन्ने व्यवसायीहरुको माग छ ।

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्षसमेत रहेका व्यवसायी राजेशकाजी श्रेष्ठ फेरि पनि मुलुक लकडाउनमा गए खस्किएको अर्थतन्त्र थप अन्योलतातर्फ धकेलिने र त्यहाँबाट उकास्न मुस्किल पर्ने धारणा राख्छन् ।

प्रकाशित भएको : August 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु