प्रदेश नम्बर २ का मन्त्री र प्रदेश सभा सदस्यमा कोरोना संक्रमण पुष्टि

 

काठमाडाैं।

प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको हो ।

बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

साथै, उनले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको बताए ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्।

उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित भएको : August 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु