सप्तरीमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि

 

सप्तरी,

कोरोनाभाइरसको जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपलिका- ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

कोरोनाबाट मृत्यु भएका पुरूष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए।

मंगलबार एक्कासी ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि धरान रिफर गरिएको थियो। धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो।

सप्तरीकै निजी अस्पतालमा उपचार गराइरहेका अन्य दुई जनाको पनि मंगलबार मृत्यु भएको थियो। उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको झाले बताए।

प्रकाशित भएको : August 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु