अख्तियारमा २२ जनालाई देखियो कोरोना, परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन

 

काठमाडाैं ,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचरीलाई कोरोना भाइरसको परीक्षण गराएरमात्रै कार्यालय आउन निर्देशन दिएको छ।

अख्तियार स्रोतका अनुसार एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो।

२२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले झण्डै तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए।

‘म आफैं पनि घरमै बसिरहेको छुँ,’ अधिकारीले भने,’अब परीक्षण गराएरमात्रै कार्यालय फर्किन्छु।’

प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म अख्तियारमा खटिएका एक सय ८२ जनाको परीक्षण भएको छ। अन्य कर्मचारीहरूको परीक्षण गर्ने तयारी भइरहेको छ।

अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रकाशित भएको : August 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु