थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

 

काठमाडौं ।

बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

इलाममा सशस्त्र प्रहरीका १६ जनामा कोरोना संक्रमण पुष्टि

सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् ।

योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । संक्रमित प्रहरीको विराटनगर वा धरानमा मध्ये एक स्थानमा उपचार हुने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।

काठमाडौं उपत्यकामा ८ जना संक्रमित सम्पर्कबाहिर

बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।

‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्, ‘बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका थिए ।’

कोइरालाका अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् ।

‘यसअघि पनि यसरी नै संक्रमित सम्पर्कविहीन भएका थिए, तर पछि आफैं सम्पर्कमा आएका थिए’ उनले भने ।

प्रकाशित भएको : August 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु