
नेपाल देश कोरोनाको संकटमा जुधिरहेको बेला बेलामा पनि सरकारका मन्त्री सहित केही ब्यक्तिलाई पैसा कमाउने समय जुरेको भन्दै सरकार सहितका केही ब्यक्तिहरु को व्यापक आलोचना भैरहेको बेला नेपाल विद्यार्थी संघ,त्रिभुवन बिश्वविधालय समिति सचीव,युवा नेता योगेन्द्र रावलले लकडाउनको समयमा सामाजिक संजाल टुईटर मार्फत-“कोरोनाको महामारीमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने,नेपाली जनताका लाशको दोस्रो सगरमाथा खडा गर्ने अनि भ्रष्टाचार बर्षको उत्त्सव मनाउने तयारीमा ओलि सरकार” भन्दै ब्याङ्गे गर्नुभएको छ|
कोरोनाको महामारीमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने,नेपाली जनताका लाशको दोस्रो सगरमाथा खडा गर्ने अनि भ्रष्टाचार बर्षको उत्त्सव मनाउने तयारीमा ओलि सरकार|
— Yogendra Rawal (@YogendraRawal6) April 3, 2020
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा बिभागले कोरोना भाईरस भए नभएको जाँच गर्ने मेडिकल सामग्रीको टेण्डरमा मन्त्री सहितको मिलमतोमा करोडौं पैसा भ्रष्टाचार गर्ने चलखेल भएपछि जनताको व्यापक बिरोधका बाबजुत ओम्निटेक संगको सम्झौता रद्ध गर्न सरकार बाध्य भएको स्मरण गर्दै नेता रावलले संकट भन्दा बलियो सरकार हुन सक्दैन भन्दै मानबियता नभुल्न सरकारलाई आग्रह गर्नु भयो|
जनताको व्यापक बिरोध पछि मन्त्रालयको निर्देशनमा बिभागले चिनबाट खरिद गरिएको मेडिकल कीट,पिपिई लगाएतका मेडिकल सामग्रीको टेण्डर रद्द गरेको छ| स्वास्थ्य मन्त्रालयले सुचना प्राविधिको काम गर्ने ओम्निटेक कम्पनिलाई मेडिकल सामग्रीको आपूर्ति गर्न ठेक्का दिईएको थियो|
प्रतिकृया दिनुहोस्