बिदामा घर आएका ६२ जना नेपालीलाई यूएई सरकारले जहाज चार्टर्ड गरि काममा फर्कायो

 

यूएई ।

घरबिदामा नेपाल आएका आबुधावी प्रहरीमा कार्यरत तीन महिलासहित ६२ जना नेपालीलाई यूएई सरकारले निःशुल्क जहाज चार्टर्ड गरेर काममा फर्काएको छ । ४५ दिनको छुट्टीमा घर आएको अवस्थामा लकडाउनका कारण नेपालमै रोकिएका अबुधावी प्रहरीमा कार्यरत नेपालीलाई आबुधावी प्रहरीले झण्डै चार महिनापछि नि:शुल्क जहाज चार्टर्ड गरी फिर्ता ल्याएको हो ।

आबुधावी प्रहरीमा कार्यरत नेपाली गएको मार्च ८ देखि मे १८ सम्मको छुट्टीमा नेपाल गएका थिए । ६२ जनामध्ये धेरै जसो झण्डै ५ महिना नेपालमै रोकिएका थिए । एयरअरेबिया जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहाँ एयरपोर्ट उत्रिएका नेपालीलाई अबुधावी प्रहरीले स्कर्टिङ गर्दै क्याम्पको होम क्वरेण्टीनमा ल्याएर राखेको छ ।

आबुधावी पुगेपछि आफूहरुलाई क्याम्पकै क्वरेण्टीनमा राखेको खोटाङ घर भइ हाल आबुधावी प्रहरीमा कार्यरत हिराधन चाम्लिङले उज्यालोलाई जानकारी दिनुभयो । लकडाउनपछि आबुधावी पुगेका आबुधावी प्रहरीमा कार्यरत सम्पूर्णलाई घर बिदाको समेत तलब दिएर फिर्ता बोलाएको फर्किनेमध्ये एक अशोक रायमाझीले बताउनुभयो ।

फर्किने सबैको प्रवेश अनुमति, उडान अनुमति तथा सम्पूर्ण प्रक्रिया आबुधावी प्रहरीले नै गरिदिएको हो । श्रोत:- उज्यालो 90 नेटवर्क बाट साभार

प्रकाशित भएको : August 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु