पार्टी एकताको पक्षमा दबाब दिन नेकपाका ५० बढी सांसदले गरे हस्ताक्षर

 

काठमाडाैं ,

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्।

पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिए।

नेता नेपालनिकट सांसद यज्ञराज सुनुवारका अनुसार पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरेर हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागिएको हो।

‘अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु हुन्न बरू एकतालाई मजबुद् बनाउनु पर्छ भन्ने दबाब दिन हामीले हस्ताक्षर गरेका हौं,’ सांसद सुनुवारले भने।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहबीच विवाद चुलिँदै गएको छ।

विवाद चुलिँदै जाँदा दुई वर्ष अघि एक भएको पार्टी विभाजन त हुने होइन भन्ने चिन्ता आमकार्यकर्तामा छ।

प्रकाशित भएको : August 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु