कोरोना भाइरसबिरुद्धको भ्याक्सिनलाई रूस सरकारले अगष्ट १२ मा वैधानिकता दिने

 

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन आगामी अगष्ट १२ मा औपचारिक रुपमा दर्ता हुने बताउनुभएको छ ।

रुसले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन निर्माणको सम्पूर्ण चरण पार गरिसकेको तर सरकारबाट स्वीकृति हुन बाँकी रहेको बताउदै आएको थियो । यद्यपि अब अगष्ट १२ मा भने यसले सरकारी स्वीकृति पाउनेछ । सो भ्याक्सिन मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको हो । यो भ्याक्सिन सर्वप्रथम स्वास्थकर्मी र वृद्धवृद्धालाई लगाइने रुस सरकारले जनाएको छ ।

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले शुक्रबार अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको जानकारी दिनुभएको छ । यो चरण अत्यान्त महत्वपूर्ण भएको उहाँले पत्रकारहरुसँग बताउनुभएको थियो ।

१८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ ।

प्रकाशित भएको : August 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु