खुसिको कुरा भारतले भन्यो: बुद्धको जन्मभूमि नेपाल नै हो सक्दो सेयर गर्नुहोस

 

काठमाडौँ साउन ।

भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मेको स्पष्ट पारेको छ । शनिबार भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय भनेपछि उक्त अभिव्यक्तिको नेपालमा चर्काे विरोध भएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको भनेको थियो । मन्त्रालयले पुरातात्विक र ऐतिहासिक तथ्यले नै बुद्धको जन्मभूमि नेपाल भएको जनाएको थियो । शनिबार साँझ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन् ।

उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन् ।

प्रकाशित भएको : August 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु