त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]

 

काठमाडौ । त्रिभुवन विश्वविद्यायलको अन्तत परीक्षा शुरु गर्ने भएको छ । व्यवस्थापन संकायले नयाँ सेमेष्टरको कक्षा शुरु गर्ने निर्णय लिएको हो ।

कोभिड १९ को जोखिम बढ्दै गएका कारण परीक्षा लिन सम्भव नभएकाले अर्को नयाँ सेमेष्टरको अनलाइन कक्षा शुरु गर्ने निर्णय भएको डीन प्राध्यापक डिल्लीराज शर्माले जानकारी दिए ।

डिनको कार्यालयले बिहीबार निकालेको सूचनामा परीक्षा रोकिएपनि नयाँ सेमेष्टरको पढाइ शुरु गर्ने निर्णय भएकाले अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरिएको छ ।

परीक्षा भने परिस्थिति अनुकुल भएपछि मात्र सञ्चाल गरिने डीन शर्माले जानकारी दिए । यसअघि परीक्षा नियन्त्रण कार्यालयले भदौको तेश्रो सातादेखि परीक्षा लिने भन्दै सूचना निकालेको थियो ।

तर कोभिड १९ का संक्रमितको संख्या देशभर बढेपछि पुनः परीक्षा स्थगित गरिएको छ ।

प्रकाशित भएको : August 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु