सरकारले सक्दैन: आफ्नै खर्चमा पिसिआर कोरोना परीक्षण गर्नु

 

काठमाडाैँ ।

स्वास्थ्य मन्त्रालयले अब सरकारले सबैको कोरोना परिक्षण गर्न नसक्ने संकेत गर्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परिक्षण गराउन उर्दी जारी गरेको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरसकाे संक्रमण बढ्दै गएको भन्दै सरकारले यस्तो उर्दी जारी गरेको हो । व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न सरकारले सुचना जारी गरेको छ ।

सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न सरकारले भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम धेरै हुने हुँदा अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएकाे हाे ।

नेपालका घना बस्ती भएका जिल्लाहरुमा विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ ।

त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने गर्नु गराउनु हुन अनुराेध गरिन्छ’ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह – प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित भएको : August 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु