5 months ago

सिन्धुपाल्चाेक जिल्लाकाे जुगल गाउँपालिका- २, गाेल्चेकाे लिदीमा अविरल वर्षासँगै भीषण पहिराे गएकाे छ ।
पहिराेमा कम्तिमा पनि ७ घर पूर्ण रूपमा पुरिएकाे स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार करिब २५ घरमा पहिराेबाट क्षति पुगेकाे छ ।
शुक्रबार बिहान करिब ६ बजेतिर वस्तीमाथिबाट पहिरोले खसेर घरहरु पुरिएकाे बताइएकाे छ ।
केही घर-परिवारका सदस्यहरु सम्पर्कविहीन रहेकाले ठूलाे मानवीय क्षति समेत भएकाे हुन सक्ने अड्कल गरिएकाे छ ।
केही स्थानीय भने पहिरोबाट निस्किएर नजिकै लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् ।
अहिले उद्धारका लागि नेपाली सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर जाँदै गरेकाे बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।
प्रकाशित भएको : August 14th, 2020
प्रतिकृया दिनुहोस्