‘बैंकका आधा कर्मचारीलाई घरबाटै काम, पीसीआर परीक्षणकाे खर्च संस्थाले नै बेहोर्नू’

 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सकभर घरबाटै काममा खटाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

साथै उसले आफ्ना कर्मचारीहरूकाे पीसीआर परीक्षण आफ्नै खर्चमा गराउन समेत निर्देशन दिएकाे छ ।

राष्ट्र बैंकले बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित गराउन भनेकाे छ ।

बाँकीलाई घरबाटै काम गराउन र आफ्नो क्षेत्रभन्दा बाहिर गएका तथा सङ्क्रमितको नजिक रहेको शङ्का लागेका कर्मचारीको पीसीआर परीक्षण गराउन निर्देशन दिएकाे छ ।

यसरी परीक्षण गर्दा लाग्ने खर्च सम्बन्धित संस्था आफैले बेहाेर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

केही बैंकका कर्मचारीमा काेराेना संक्रमण देखिएपछि राष्ट्र बैंकले सजग गराएकाे हाे ।

बैंक तथा वित्तीय संस्थामा भेटघाट र बैठक नगर्न, कर्मचारीलाई सम्पूर्ण सुरक्षा सामग्रीका साथ मात्रै काममा खटाउन, सङ्क्रमितको सम्पर्कमा रहेका र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई होटल क्वरेन्टाइनमा सुरक्षित राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित भएको : August 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु