धुलिखेल अस्पताल यसकारण भयाे सिल

 

धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओ.पी.डी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरिएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने छ ।

बिहीबार साँझ एक प्रेस बिज्ञप्ति मार्फत अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले गत सोमबारदेखि बिहीबार सम्ममा चार बिरामी र एक उपचारमा सलग्न स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पोजेटिभ देखिएकाले करिब १२० डाक्टर र उपचारमा सलग्न स्वास्थ्यकर्मी एकान्तबास (क्वारेन्टाइन) बसेको जनाउनुभएको छ ।

बिज्ञप्ति मा एकान्तबासमा रहेका व्यक्तीहरुको नमूना संकलन गरी परीक्षण भैइरहेकाले सोको जानकारी सहित सेवा सूचारु सम्बन्धी अर्को सूचना साउन ३२ गते आइतबार प्रकाशन गर्ने जनाएको छ ।

कोरोना परीक्षण गर्दै आएको उक्त अस्पतालमा चैत २३ गते यता ११ हजार ४८ जनाको परीक्षण गरेको जनाएको छ ।

अस्पतालमा २१ जना कोरोना पोजेटिभ र छ जना अन्य बिरामी उपचारमा रहेका छन ।

अस्पतालले स–शुल्क कोरोना परीक्षण सुरु गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रकाशित भएको : August 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु