मेयर सापकाे स्मार्ट सिटीमा भ्र’ष्टा’चा’र’काे कसिंगर बडाल्दै अनेरास्ववियू

 

पोखरा ।

सत्तारुढ नेकपा निकट अनेरास्ववियूले पोखरामा भ्र’ष्टा’चा’र विरुद्ध सांकेतिक अभियान थालेका छन् ।

पोखरा महानगरमा भएको १३ करोड भ्र’ष्टा’चा’रको खोजी गर्न विद्यार्थीहरुले नगरपरिषरमा कुचो लगाएर सांकेतिक अभियान सुरु गरेका हुन् ।

पोखरा महानगर भ्र’ष्टा’चा’र’को अखडाभएको भन्दै सुशासन र समृद्धिको लागि भ्र’ष्टा’चा’र’विरुद्ध कुचो अभियान थालिएको अनेरास्ववियूका नेता क्षितिज सापकोटाले जानकारी दिए ।

महानगरमा १३ करोड भ्र’ष्टा’चा’र भएको समाचार बाहिरीएसंगै महानगर आफैँले छानविन आयोग बनाएको छ । महानगरले बनाएको आयोग दुधको सांची विरालो भएको सापकोटाको जिकिर छ ।

सापकोटाले भने जो भ्र’ष्टा’चा’र’मा लिप्छ उस्ले कसरी खोज्छ ? यो दुधको सांची विरालो भने जस्तै भएको छ ।

उनले महानगरको टिकडम र छलछाम आफुलाई मान्य नभएको बताए । उनले महानगरका कर्मचारीहरुको सम्पती विवरण सर्वाजनिक गरे भ्र’ष्टा’चारी पत्ता लाग्ने उपाय सुझाए ।

अर्का अनेरास्ववियूका नेता राजन पराजुलीले विद्यार्थी आन्दोलन कुनै पाटिको नभई सधैँ प्रतिपक्षको आन्दोलन हुने बताए ।

पराजुलीले अहिले सरकार विभिन्न काण्डमा फसेको भन्दै विद्यार्थी आन्दोलन चर्र्काउनुको विकल्प नभएको बताए ।

पोखरा महानगर कमिटिका अध्यक्ष विशाल गोले तामाङले जुनसुकै शैलीमा भएन पनि आन्दोलन गरेर १३ करोड खोजिने बताए ।

अनेरास्ववियूका सह संयोजक वसन्त भट्टचन लगाएतका विद्यार्थी नेताहरुले हराएको (भ्रष्टाचार) पैसा महानगर भित्रै भएको भन्दै सांकेतिकरुपमा महानगर परिसर, मुल ढोका तथा प्रमुखहरुको कार्यकक्षमा कुचो लगाएर पैसा खोजका थिए ।

प्रकाशित भएको : August 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु