
दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको मुद्दा सीबीआई जाँचका लागि बलिउडकर्मीहरुले माग गरेका छन् ।
अभिनेता राजपुतकी बहिनी श्वेतासिंह किर्तीले उनको मृत्युको सिबीआई जाँचका लागि पछिल्लो समय माग गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा मार्फत भिडियो सार्वजनिक गर्दै सबैलाई यसमा सहयोग गर्न अपिल गरेकी थिइन् ।
अहिले उनलाई धेरै कलाकारले साथ दिँदै सिबीआईसँग जाँचका लागि अनुरोध गरिरहेका छन् ।
वकिलहरुको बहसले सिबीआई जाँच सर्वोच्चमा अल्झिएका बेला कलाकारहरु भने सिबीआई जाँचको पक्षमा उभिएका छन्। मुम्बई पुलिस र बिहार पुलिस एकआपसमा बाँझाबाझमा उत्रिएका छन्। जसका कारण सिबीआई जाँचको माग तीव्र रुपमा उठिरहेको हो।
अभिनेता वरुण धवन, कृति सेनन, कंगना रनावत, परिणीति चोपडा, सुरज पंचोली, सिद्धान्त चतुर्वेदी लगायतले श्वेतासिंह किर्तीलाई समर्थन गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग सिबीआई फर एसएसआर लेख्न थालेका छन् ।
त्यस्तै, उनकी पूर्व–प्रेमिका अंकिता लोखन्डेले पनि भिडियो सार्वजनिक गरेकी छन् । कृति सेननले इन्स्टाग्राम स्टोरीमा लेखेकी थिइन्, सत्य चाँडै बाहिरोस् भनेर प्रार्थना गर्छु म । उसको परिवार, साथी अनि फ्यानहरुले यो सत्य जान्न पाउने अधिकार छ ।
सुशान्तले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
प्रतिकृया दिनुहोस्