कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा

 


मन्त्रालयका उच्च तहका एक कर्मचारीमा कोरना संक्रमण पुष्टी भएपछी मन्त्रालयका सबै कर्मचारी क्वारेन्टाईनमा बसेका छन् ।

प्रदेश ५ अन्र्तगत सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा शुक्रबार कोरना संक्रमण पुष्टी भएको थियो ।

सामाजीक बिकास मन्त्रालयको कोरोना नियन्त्रणको लागि नियमित रूपमा खटिएका कर्मचारीहरुको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद गिरीले मन्त्रालयका एक अधिकारीलाई कोरोना संक्रमण भएको पुष्टि गरे।संक्रमण पुष्टी भए लगत्तै अहिले सामाजिक मन्त्रालयमा कार्यरत कर्मचारी तथा संक्रमीत र्कचारीको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका कर्मचारीहरु क्वारेन्टिनमा रहेता पनि मन्त्रालयबाट हुदै आएको नियमित काम भने नरोकिने भएको छ ।

ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीको स्वाब पनि परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रकाशित भएको : August 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु