कमरेड! बहुमतको आबेगमा विवेक गुम्न दिनुहुदैन – सचीव रावल

 

बाजुरा जिल्लाको बुढिगङ्गा नगरपालिका बिगत चार महिना देखि राजनैतिक प्रतिशोधका कारण प्रमुख प्रशासकिय अधिकृत बिहिन भएपछि नेबि संघ त्रिभुवन विश्वविधालय समिती सचीव,युवा नेता योगेन्द्र रावलले सामाजिक संजाल मार्फत कमरेड! बहुमतको आबेगमा विवेक गुम्न दिनुहुदैन? भन्दै प्रश्न गर्नु भएको छ|

नेपाली कांग्रेस ले उक्त नगरपालिकामा नगर प्रमुख र उप-प्रमुख जितेता पनि कांग्रेस पार्टीको बहुमत नभएको कारण बारम्बार कार्य सम्पादनमा बिपक्षी नेकपाले अबरोध गर्दै आएको छ|

नेकपाको अवरोधको कारण बिगत चार महिना देखि राष्ट्र सेवक कर्मचारीले तलब भत्ता खान पाएका छैनन् भने बृद्द-वृद्दाले सामाजिक सुरक्षा भत्ता खान पाएका छैनन्|

साथै बिकास निर्माणका कार्य अस्तब्यस्त भएको छन| यसै बिचमा मन्त्रालयले स्थानीय सरकार संचालन ऎन २०७४ मा ब्यवस्था भए बमोजिम नगरपालिकामा कार्यरत बरिस्ठ सातौं तहका कर्मचारी तिलक थापालाई निमित्त प्रशासकीय अधिकृत को कार्यभार दिएको ९ दिन पछि राजनैतिक प्रतिशोधका कारण सरकारले नेकपा प्रदेश अध्यक्ष कर्ण बहादुर थापाको निर्देशनमा छैठौं तह नगरपालिका भित्रकै कनिष्ठ अधिकृत नरेन्द्र नाथलाई निमित्त प्रशासकीय अधिकृत को जिम्मा दिएपछि सचीव रावलले सामाजिक संजालमा-

“#बुढिगङ्गा_नगर_पालिकालाई_अनिर्णयको_बन्धी_बन्न_दिनुहुदैन|
आरोपबिरुद्द प्रत्यारोप होईन आत्मालोचना र आत्मस्विकृति बाट मात्र आफ्नो सार्वजनिक स्विकार्यता फराकिलो बानाउन सकिन्छ| कमरेड! राजनितिमा बहुमतको आबेगमा विवेक गुम्न दिनुहुदैन? आउनुस् स्वस्थ राजनैतिक प्रतिस्पर्धा गरौँ | हाम्रो प्रतिस्पर्धा राष्ट्र सेवक कर्मचारी संग होईन|” लेख्नु भएको छ|

बुढिगङ्गा नगरपालिका बाजुरा बाट नेकपा प्रदेश अध्यक्ष कर्ण बहादुर थापा,संघीय संसद लाल बहादुर थापा, प्रदेस आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह ले प्रतिनिधित्व गर्नुहुन्छ भने कांग्रेस बाट पार्टी जिल्ला सचीव दिपक शाह ले नगर प्रमुख जित्नु भएको छ| नेकपाको अकर्मण्यता बाट जनता निराश छन् भने बिकास निर्माण ठप्प छ|

प्रकाशित भएको : April 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु