धनकुटाको महालक्ष्मी नगरपालिकामा ‘वन झाँक्री’ पार्क निर्माण

 

आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि महालक्ष्मी नगरपालिकामा ‘वन झाँक्री’ पार्क निर्माण गरिएको छ ।

प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको २ करोड ८३ लाख ७९ हजार ६ सय ५५ रुपैयाँको लगानीमा ‘वन झाँक्री’ पार्क निर्माण गरिएको हो ।

पूर्वाधार विकास नहुदा पर्यटकीय सम्भावना बोकेको हरिया र आर्कषक डाँडाहरु ओझेलमा परेका छन् ।

सोही ओझेलमा परेका महालक्ष्मी नगरपालिका वडा नम्वर ६ र ७ स्थित गढीडाडामा नगरपालिकाले नमूना वन झाँक्री पार्क निर्माण गरिएको हो ।

उक्त पार्कमा वन झाँक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खुड्किला, रेलिङसहितको सिँढी र विश्रामस्थलका साथमा शौचालयसमेतको निर्माण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।

पार्क निर्माणसँगै नगरपालिकाले पर्यटन क्षेत्रमा एउटा ठूलो फड्को मार्ने उनको भनाइ छ ।

पार्कबाट अरुण नदि आसपासका फाटिला क्षेत्र, बिश्वकै होचो अरुण उपत्यका, मकालु हिमश्रृखलालगायतका मनोरम दृष्य सहजै देख्न सकिन्छ ।

उक्त पार्क स्थलमा परापूर्वकालमा वन झाँक्रीहरु घुम्ने गरेको किम्बदन्ती रहेकोले ‘वन झाकँक्री’ पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित भएको : August 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु