भदाै २ गते राति १२ बजे पछि मात्र गण्डकी प्रदेश एक हप्ताका लागी “लकडाउन “

 

पोखरा, १, भाद्र

पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै पोखरा महानगरपालिकाले भदौ १ गते रातीबाट गर्ने भनिएको लकडाउन नगर्ने भएको छ ।

पोखरा महानगरले आजै राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । तर प्रदेशले समय दिनुपर्ने भन्दै भोली रातिबाट लागू गर्न भनेको छ

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले २ गते राति १२ बजे बाट मात्र पोखरामा कडा खालको लकडाउन हुने सुदर्शन खवरलाई जानकारी दिए ।

१ गतेबाट कडा खालको लकडाउ गर्न भन्दै पोखरा महानगरले गरेको प्रस्ताब प्रदेश सरकारले अस्विकार गरेपछि भोलिबाट हुने भनिएको लकडाउन पर्सिबाट हुने भएको हो ।

पछिल्लो चरण गण्डकी प्रदेशका मुख्यमन्त्रीले कुनै पनि हालतमा लकडाउन नगर्ने भन्दै विभिन्न कार्यक्रम बोल्दै आएका थिए ।

अव पोखरा मात्र होईन गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार अपरान्ह बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

त्यसका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइने भएको छ ।

समुदायमा संक्रमण फैसिकेको कास्कीमा के के बन्द गर्ने र के के खुल्ला गर्ने भन्ने तयारी गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ ।

पोखरा महानगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले सोमबार मध्यरातदेखि बन्दाबन्दी गर्ने निर्णय गर्दै जिल्ला सिसिएमसीमा सिफारिस गरेको थियो ।

तीज, कुशे औंसीमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित महानगरको उक्त समितिले पोखरामा बन्दाबन्दी गरिने जनाएको थियो । निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन ।

स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

प्रकाशित भएको : August 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु