फेरी एक जना काेराेना संक्रमितकाे मृत्यु

 

विराटनगर

विराटनगरमा थप एक जना कोरोना संक्रमित ४७ वर्षीय पुरूषको मृत्यु भएको छ।

कोसी अस्पतालमा उपचाररत् उनको सोमबार बेलुका ५ बजेतिर मृत्यु भएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।

विराटनगर-८ अस्थायी निवासी उनलाई सास फेर्न गाह्रो भएपछि आइतबार कोसी अस्पताल भर्ना गरिएको थियो।

त्यसअघि पुरूषमा ज्वरो र खोकीको पनि समस्या देखिएको डा. यादवले बताए।

उनको प्रादेशिक प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

अहिले उनको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ यस ८ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रकाशित भएको : August 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु