३५ हप्ताकी गर्भवती चढेकाे स्कुटरलाइ गृहमन्त्रीको अगुवा गाडीले ठक्कर दियाे

 

गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले ठक्कर दिएको स्कुटरको पछाडि बस्ने गर्भवती महिला रहेको थाहा भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरका अनुसार घाइते नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा छन्। स्कुटरको पछाडि बस्ने सुजा गर्भवती हुन्।

ट्रमा सेन्टर आकस्मिक कक्षकी डा. कृशु अधिकारीका अनुसार उनको गर्भमा ३५ हप्ताको शिशु छ। डाक्टरले असोज ६ गते बच्चा जन्मिने मिति दिएका छन्।

लीलाको खुट्टामा चोट लागेको छ। औषधि लगाएर उनलाई डिस्चार्ज गरिएको अधिकारीले बताइन्।

सुजाले भने ढाड अत्यन्तै दुखेको पीडा महशुस भएको बताएकी छन्।

‘उहाँलाई प्रसूति गृहमा पठाइएको छ, प्रसूतिमा नियमित फलोअपमा गइरहेको हुनाले उहाँलाई उतै पठाउन जरूरी देखियो,’ डा. अधिकारीले भनिन्।

सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन हिँडेको प्रहरीको बा१झ ५५९४ जीपले बा९४प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको थियो। सोही क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

प्रकाशित भएको : August 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु