चीनलाई अमेरिकाका गोप्य सूचना दिएको आ’रो’प’मा सिआइएका पूर्वअधिकारी प’क्रा’उ

 

गोप्य सूचनाहरू चीनलाई दिएको आरोपमा अमेरिकाले आफ्नो केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) का पूर्वअधिकृतलाई प’क्रा’उ गरेको छ।

अमेरिकाको न्याय विभागले हङकङमा जन्मिएका ६७ वर्षीय एलेक्सजान्डर युक चीङ मालाई शुक्रबार प’क्रा’उ गरेको हो।

पूर्वइन्टिलिजेन्स अफिसरसमेत रहेका उनका ८५ वर्षीय आफन्त समेत प’क्रा’उ परेका छन्।

अमेरिकी अधिकारीहरूले सन् २००१ देखि एक दशकभन्दा बढी समयसम्म मा र उनका आफन्तले अमेरिकाका गोप्य सूचना चीनको स्टेट सेक्रेटरी मन्त्रालयलाई दिएको आ’रो’प लगाएका छन्।

माको जन्म हङकङमा भएपनि उनी अमेरिकाकी नागरिक हुन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार एफबिआईमा काम गर्दा उनले आफ्नो जन्मभूमि सफल भएको देख्न चाहेकोले सूचना दिएको बताएका छन्।

विभागले उनका ८५ वर्षीय आफन्तको नाम भने खुलाएको छैन।

माले १९८० को दशकमा सिआइएमा काम गरेका थिए। पछि उनले एफबिआईमा अनुवादकको रूपमा काम थालेका थिए।

उनीहरूले सन् २००१ मा पहिलो पटक चिनियाँ जासुसहरूलाई सिआइएका अधिकारी, विदेश नीतिसम्बन्धी जानकारी, गोप्य अपरेशनलगायत विषयमा जानकारी दिएका थिए। त्यो बापत् उनीहरूले ५० हजार अमेरिकी डलर लिएका थिए।

मालाई मंगलबार हवाईको संघीय अदालतमा पेश गरिँदैछ। उनले गरेको अ’प’रा’ध प्रमाणित भए जन्मकैदसम्म हुनसक्छ।

चीनलाई सूचना दिएको आ’रो’प’मा सिआइएका अधिकारी प’क्रा’उ’ परेको यो पहिलो पटक भने होइन।

यसअघि गत वर्ष मेमा पूर्वसिआइए अफिसर केभिन प्याट्रिकलाई चीनका लागि जासुसी गरेको अभियोगमा २० वर्षका लागि जेल पठाइएको थियो।

नोभेम्बरमा अर्का पूर्वअधिकारीलाई पनि चीनलाई गोप्य सूचना उपलब्ध गराएकोमा १९ वर्षको कैद सजाय तोकिएको थियो।

प्रकाशित भएको : August 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु