8 months ago

अमेरिका,
अमेरिकामा पृथ्वीकै सबैभन्दा उच्च तापक्रम मापन गरिएको छ । क्यालिफोर्नियाको डेथ भ्याली नेशनल पार्कमा ५४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकाको पश्चिम तटिय क्षेत्रमा तातो हावा बहेको कारण त्यहाँको तापक्रम एक्कासी बृद्धी भएको विज्ञहरुको भनाइ छ ।
हालै मापन गरिएको यो तापक्रमका बारेमा अमेरिकाको नेशनल वेदर सर्भिसले पुन: अनुशन्धान गरिरहेको बताइएको छ ।
उच्च तापक्रमका कारण एक पावर प्लान्टमा समस्या देखिएपछि क्यालिफोर्नियामा दुई दिन ब्ल्याकआउट नै भएको बीबीसीले उल्लेख गरेको छ ।
यसअभि अमेरिकाको यही ठाउँमा २०१३ मा ५४ डिग्री सेल्सिय मापन भएको थियो । त्यसलाइ नै हालसम्म पृथ्वीमा उच्च तापक्रम मापन भएको बताइदै आएको थियो ।
प्रकाशित भएको : August 18th, 2020
प्रतिकृया दिनुहोस्