पोखरामा ‘मास्टर साहेब’ लाइ श्र’द्धा’ञ्ज’ली

 

पाेखरा ।

ज’न’यु’द्ध’का सहिद रामबृक्ष यादव ‘मास्टर साहेव’को स्मृति दिवसको अवसरमा पाेखरामा श्र’द्धा’ञ्ज’ली सभा सम्पन्न भएको छ । सहिद तथा वे’प’त्ता स्मृति स्पोर्टस स्कूलले आयोजना गरेकाे सभामा मंगबार पाेखरामा सम्पन्न भएकाे हाे ।

सभामा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा एवं गण्डकी प्रदेश सभा सदस्य तेजकुमारी पौडेलले नेपालमा उ’त्पी’ड’न’को बि’रु’द्ध समाजवाद स्थापनाको लागि माओवादी पार्टी निर्माणको बिषयमा छलफल हुँदै गर्दा तत्कालीन राज्य संयन्त्रले रामबृक्ष यादवको कायरतापूर्वक ह’त्या’ गरेको बताइन् ।

देशमा प्राप्त अहिलेको उपलव्धि यादव लगायतका शहीदहरुको सपना रहेको उल्लेख गर्दै उनले निरन्तर जनताको पक्षमा लाग्ने प्रतिवद्धता जनाइन् ।

नेकपा भित्र अहिले देखिएका खरावी र बि’कृ’ति’वि’रु’द्ध लाग्नुपर्ने सम्पूर्ण युवाहरुको आवश्यकता रहेको पौडेलको भनाई थियो । प्रेस संगठन गण्डकीका सह–संयोजक त्रिभुवन पौडेल बिशेष अतिथि रहनुभएको कार्यक्रम स्कुलका केन्दि«य अध्यक्ष क्षितिज सापकोटाकाे संचालनमा सम्पन्न भएकाे थियो ।

शहीद यादवको २०५१ साल भदौ २ गते तत्कालीन राज्य पक्षबाट ह’त्या’ भएको थियो । उनका छोरा शेखर यादब ज’न’यु’द्द’मा सहिद भएपछि सम्पुर्ण परिवार नै ज’न’यु’द्द’मा सामेल भएको थियो ।

प्रकाशित भएको : August 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु