बिज्ञापनमा देखाईने सबै घडिको समय किन १० बजेर १० मिनेट गएको हुन्छ ?

 


तँपाई ले पक्कै घडि लगाउनु भएकै होला । अनि कहिलेकाँही टेलिभिजन, अनलाईन पत्रपत्रीकाहरुमा आउने घडिको बिज्ञापन बिचार गर्नु भएको छ ? छैन भने अव बिचार गर्नुहोस् ।

बिज्ञापनको लागि देखाईएका सबै घडिमा १० बजेर १० मिनेट गएको हुन्छ । किन होला ? यस बारेमा केहि रोचक तथ्यहरु रहेका छन् जसका कारण बिज्ञापनका घडिमा सँधै १० बजेर १० मिनेट गएको देखाईएको हुन्छ ।

वास्तवमा तपाईहरुले बजारमा आउने घडीका विभिन्न ब्रान्डका बिज्ञापनहरुमा १०ः१० देखाईनुको पछाडि यस्तका कारणहरु छन् ।

१. मनोविज्ञानका अनुसार १० बजेर १० मिनेटमा राख्दा घडीको सुई एक सन्तुलित आकारमा रहन्छ र हरेक सन्तुलित चिजमा मानिसको नजर झ्वाट्ट पुग्ने भएकाले यस्तो गरिएको हो।

२. जब तपाई १०:१० बजेको घडी देख्नुहुन्छ तब तपाइलाई लाग्छ कि घडी मुस्कुराई रहेको छ। जुन देख्ने बित्तिकै तपाइको घडीले तपाईलाई नै मुस्कान दिइरहेको हुन्छ भन्ने प्रतित हुन् पुग्छ।

३. घडी १०:१० को समयमा हुदा यो V आकारको देखिन्छ V को अर्थ जहिले पनि विजय या जित भन्ने हुन्छ। त्यसैले घडी कम्पनीका विज्ञापनमा यस्तो देखाइने गरिन्छ।

४. १० बजेर १० मिनेटमा घडीको सुई राख्दा यसमा भएको ब्रान्डको नाम कम्पनीको लोगो प्रस्ट देखिने भएर पनि हुन सक्छ अक्सर घडीमा यस्तो समय देखाउने गरिन्छ।

५. कतिपयको मान्यता अनुसार सर्वप्रथम घडीको आविष्कार गर्दा यहि समय राखिएको थियो त्यसैले उक्त समय देखि नै घडीको डिफल्ट समय १०:१० को सेट गरिएको हो।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु