लकडाउनको समयमा घरमै दाह्री काट्नु हुन्छ ? दाह्री काट्नुअघि जान्नु पर्ने कुरा

 


मिटिंग होस् वा डेटिंग, अनुहारको आकर्षणले तपाइँको व्यक्तित्वमा ठूलो प्रभाव पार्दछ । त्यसकारण पुरुषहरुले आफ्नो अनुहारको स्वास्थ्य तथा सफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

महिलाहरुको तुलनामा पुरुषहरुको छाला बढि खश्रो तथा कडा हुन्छ । साथै पुरुषहरु आफ्नो छालामा विभिन्न खालका प्रयोग पनि गर्दछन्, खासगरी दाह्री जुँगा खौरिने क्रममा । तर दाह्रीजुँगा खौरिने अर्थात् सेभिंग गर्ने क्रममा हुने गल्तीले तपाइँको लुक्समै नकारात्मक असर पार्नसक्छ ।

कोभिड १९ ले बिश्वभर पारेको प्रभावको कारण हिजोआज बिश्वकै अधिकांस मानिसहरुको दिनाचार्य नै बदलिएको छ । हरेक कामको लागि घर बाहिर निस्कले मान्छे आजकल अत्यावसेक काम बाहेक घर बाहिर निस्कदैनन् ।

बिशेष गरि पुरुषहरुले दाह्री कपाल काट्न हजामकोमा जाने बानि नै परिवर्तन भईसकेको छ । लकडाउनको समयमा घरमै दाह्री काट्नुअघि जान्नु पर्ने कुरा :

दाह्री काट्दा तातो पानीले भिजाउने गरिन्छ । तर यसो गर्नु गलत हो । दाह्री र कपालका लागि भने चिसो पानी प्रयोग गर्नु राम्रो हुन्छ । तातो पानीले दाह्रीलाई असर गरिरहेको हुन्छ ।

तातो पानीले चिल्लो पदार्थ निकाल्ने हुँदा दाह्री झर्ने र कडापन बढी हुने समस्या आउँछ ।

दाह्री काट्नुअघि लामो समयसम्म दाह्रीलाई भिजाउने र छोप्ने चलन छ । तर यसो गर्नु पनि गलत हो । यसोगर्दा दाह्री र त्यहाँको छालका लागि नराम्रो हुन्छ । त्यसकारण दाह्री भिजाउनासाथ त्यसलाई सुक्खा बनाइहाल्नु राम्रो हुन्छ ।

धेरै बेर दाह्रीलाई भिजायो भने त्यो पानीले दारीलाई रुखो बनाउँछ ।

लामो दाह्रीलाई सफा राख्न धेरै उपाय अपनाइन्छ । नुहाउँने क्रममा वा सफा गर्ने क्रममा सेम्पुभन्दा कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ । प्राय हप्तामा एकदेखि दुईपटकसम्म सेम्पो र तीनदेखि चारपटक कन्डिसनर लगाउनु राम्रो मानिन्छ ।

जसरी कपालमा तेल लगाउँछौँ, दाह्रीमा पनि नुहाएर थोरै तेल लगाउनु राम्रो हुन्छ ।

दाह्रीलाई सफा काइँयोले कोर्नुपर्छ, जसले यसलाई नरम बनाउन मद्दत गर्छ ।

धेरै मानिस दाह्री कोर्न लजाउँछन्, तर लजाउन हुँदैन । हजामकहाँ गएर दाह्री काट्दा उल्टो तरिकाले कहिल्यै पनि काट्न हुँदैन ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु