राष्ट्रकविको निधनमा सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

 


राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको आकस्मिक बैठकले राष्ट्रकविको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले निकालेको सूचनामा स्वास्थ्य चौकीबाहेक अन्यत्र आज सार्वजनिक बिदा दिइएको उल्लेख छ।

यसै  बिच राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्।

बुधबार घिमिरेको निवासमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।

राष्ट्रकवि घिमिरेको पुख्यौली घर मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ पुस्तुन गाउँ हो। त्यहि उनी वि.सं. १९७६ सालमा जन्मेका थिए।

घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निधन भएको थियो।

राष्ट्रिय सम्मानका साथ घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु