स्वास्थ्य मन्त्रालयद्वारा ठूलो संख्यामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी माग यसरि दिनुहोस् आवेदन

 


कोरोना संक्रमण बढ्दै गएपछि उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।

कोभिड–१९ को स्वास्थ्य आपत्कालिन अवस्थाका लागि भन्दै मन्त्रालयले संघ,प्रदेश र स्थानीय तहसम्मका स्वास्थ्य संस्था, आइसलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुका लागि जनशक्ति परिचालन गर्न डाक्टर, नर्स, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीलाई ५ दिनभित्र आवेदन दिन आव्हान गरेको छ ।

हिजाे मात्रै नेपालका १००० भन्दा बढि संख्यामा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

आवेदन मन्त्रालयको वेवसाइटमा उपलब्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबिच पर्सामा आज पनि ठुलो संख्यामा कोरोना संक्रमीत देखिएका छन् पर्सामा मंगलबार राति थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा पर्साका १ सय ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

मंगलबार रातिको परीक्षणमा पर्साको बहुदरमाइ नगरपालिकामा मात्रै थप ९० जनामा संक्रमण पुष्टि भएको छ। बहुदरमाइ नगरपालिका(५ मा मात्रै ६५ जना, वडा नम्बर २ मा २० जना, वडा नम्बर ३ मा ३ जना र त्यहिकै स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको हो ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु