टर्कीका राष्ट्रपतिकी श्रीमतीलाई भेटेपछि विवादमा अभिनेता आमिर

 

भारतका फिल्म निर्माता, निर्देशक र अभिनेता आमिर खान र टर्कीकी प्रथम महिला एमी अर्दोनानबीचको भेटको केही तस्वीरहरु सार्वजनिक भएपछि भारतमा अमिरको निकै आलोचना भइरहेको छ।

१५ अगस्टमा टर्कीकी प्रथम महिला एमी अर्दोनानले ट्वीटरमाफर्त आमिर र उनको केही तस्वीरहरु सार्वजनिक गरेकी छन् । उनी टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानकी श्रीमती हुन् । उनीहरु दुईबीचको भेटलाई भारतमा राजनीतिसंग जोडेर बबाल उत्पन्न गराइदिएको छ।

अर्दोनानले ट्वीटरमा संसारका चिरपरिचत फिल्म निर्माता, निर्देशक र अभिनेता आमिर खानसँग भेटेको भन्दै खुसी व्यक्त गरेकी छन् । टर्कीका राष्ट्रपति अर्दोनानले धेरैपटक भारत विरोधी अभिव्यक्ति दिएको कारण भारतीयहरु अर्दोनानलाई दुश्मन मान्छन्।

कश्मीर मुद्दादेखि पाकिस्तानसम्मको मुद्दामा टर्की भारत विरोधी रहेकोले पनि आमिर खान र अर्दोनानको यो भेटलाई लिएर भारतमा खानको आलोचना भइरहेको जनाइएको छ ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु