कञ्चनपुरका सीडीओले भारतीय पक्षलाई दिए चेतावनी

 

कञ्चनपुरमा सीमा विवाद चुलिदै गएपछि पछिल्लो पटक (मंगलबार) न्यूज २४ टेलिभिजनको सीधाकुरा जनतासँगको टिम सीमा क्षेत्रमा पुगेको थियो ।

लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, प्रोड्युसर दीपक बोहरा, सुदूरपश्चिम व्यूरो प्रमुख हिक्मत रावल र कञ्चनपुर जिल्ला संवाददाता शीतल भट्टसहितको टोलीले कञ्चनपुरका विभिन्न विवादित सीमाको स्थलगत रिपोर्टिङ गरेको थियो ।

उक्त रिपोर्टिङ सामग्रीलाई सीधाकुरा कार्यक्रममा कञ्चनपुरबाट नै लाइभ गरेपछि अन्ततः यसले सरकारको ध्यानाकर्षण भएको महसुस भएको छ ।

पटक–पटक सीमा क्षेत्रमा अनावश्यक विवाद झिक्ने र नेपालीमाथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले हतियारसहित नेपाल प्रवेश गरेर जनता उत्तेजित पार्ने काम नगर्न चेतावनी दिएका छन् ।

मंगलबार बेलौरीको बैशाखा सीमा क्षेत्रमा नेपाल भारतका अधिकारीबीच भएको सीमा विवादबारे संयुक्त छलफलमा प्रजिअ खतिवडाले कुनै पनि सीमा विवादमा सीधै हतियारसहित नेपाल प्रवेश गरेर जनता उत्तेजित पार्ने काम नगर्न चेतावनी दिएका हुन् ।

सीमाबारे कुनै विवाद भए सीधै नेपाल सशस्त्र प्रहरीसँग समन्वय गरेर अवलोकन गर्न आग्रह पनि गरे । स्ट्रीप नक्सा खारेजीका लागि नेपाल सरकारले पहल थालेको बताउदै प्रजिअ खतिवडाले भारतीय पक्षले समेत त्यसमा पुनरावलोकनका लागि तयार गर्न आग्रह गरेका छन् ।

भारतीय पक्षले स्ट्रीप नक्सालाई आधार मानेर हुलाकी सडक निर्माणमा अवरोध गर्दै आएको छ । भारतीय पक्षले कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईस्थित ३८ नम्बर रिफ्रेन्स पिलरलाई जबरजस्ती सीमा पिलर मानेर अवरोध गर्दै आएको छ ।

भारतीय पक्षसँग अब कुनैपनि सीमा विवाद आईहालेपनि समकक्षी सशस्त्र प्रहरीसँग समन्वय गरेर मात्रै अघि बढ्न दोहो¥याए । त्रुटिपूर्ण स्ट्रिप नक्सा खारेज गरी कुटनैतिक पहलबाट उक्त समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरले सरकारको ध्यानाकर्षण समेत गराएकोे छ ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु