राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

 


नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो ।

प्रहरीले भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुमाथि कानुनी कारबाही गरिने समेत जनाएको छ ।

ग्याल्जोमले जातीय द्वेष फैलाउने गरी गीत गाएर युट्युबमा राखेका थिए । उनको गीतमा बाहुन र क्षेत्रीलाई देशबाट निकाल्ने सम्मको शब्द समावेश छ ।

सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो।

त्यसको चौतर्फी विवाद भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरू खटाइ यस घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो।

थप चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।

नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नौ जना पक्राउ परेको उल्लेख छ।

उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ पनि छन्।

उनका अनुसार थप अनुसन्धान गर्न नौ जनालाई महानगरीय प्रहरी परिसरमा पठाइएको छ।

उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको महाशाखाले जनाएको छ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु