संक्रमितको सम्पर्कमा रहेका पोखराको नमस्ते अस्पतालका २३ जनाको कोरोना नेगेटिभ

 

पोखराको नमस्ते अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

गत साउन ३२ गते हस्पिटलमा उपचाररत पोखरा – ३२ की ८६ वर्षीया वृद्ध महिलामा कोरोना पुष्टि भएसँगै अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरी सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा राखेको थियो ।

प्रवन्धक खड्काका अनुसार संक्रमितको उपचारमा संलग्न रहेका र सम्पर्कमा आएका ३ जना डाक्टर, १६ जना नर्स तथा प्यारामेडिक्स, २ जना सुरक्षा गार्ड र २ जना हेल्पर गरी २३ जनामा कोरोना नेगेटिभ देखिएको हो ।

प्रकाशित भएको : August 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु