नेकपा नेता माधव कुमार नेपालको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका ७ जनामा कोरोना संक्रमण

 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्‍वरको सुरक्षामा तैनाथ सशस्त्र प्रहरीका ७ जनाामा कोरोना संक्रमण भएको छ।

नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई आइसोलेसनमा राखिएको छ भने सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि अर्को टोली कोटेश्‍वर आइसकेको छ।

नेता नेपालसहित परिवार र सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।

यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ प्रहरीमा पनि कोरोना देखिएको थियो। त्यसैगरी नेकपा महासचिव विष्णु पौडेलका अंगरक्षकमा पनि कोरोना पुष्टि भएको थियो।

प्रकाशित भएको : August 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु