अन्तत नेकपाकाे विवादले लियाे यस्ताे माेड के हाेला अब ? मान्लान त ओली र प्रचण्ड ?

 

काठमाडाैं ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको छ।

कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्रोतका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा एउटा अध्यक्षले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्षले पार्टीको काम सञ्चालन गर्ने भन्ने उल्लेख छ।

यसैगरी, प्रतिवेदनमा महाधिवेशनको तयारी गर्ने,पार्टी एकताको काम पूरा गर्ने,महाधिवेशनको कार्ययोजना बनाउने रहेको छ। मन्त्रिमण्डल पुनर्गठन गर्ने,प्रचलित मान्यता अनुसार रजनीतिक नियुक्तिहरू गर्ने लगायत पनि प्रतिवेदनमा छन्।

पार्टीमा उत्पन्न समस्या समाधानका लागि विभिन्न कुराहरू,स्थायी कमिटीमा उठेका विभिन्न कुराहरूको सम्बन्धमा राय सुझाव दिएको कार्यदलका सदस्य भीम रावलले सेतोपाटीलाई बताए।

उनले पार्टीमा उत्पन्न समस्या,अन्तरविरोधको समाधान खोज्ने र पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने आशयबाट प्रतिवेदन बुझाइएको समेत बताए। नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो।

पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

प्रकाशित भएको : August 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु