‘आलु जस्तो गायक’ युट्युब ट्रेन्डिङ नं १ मा (भिडियो सहित)

 

आलु जस्तो गायक

युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ ।

गीतको भ्यूज शनिबार दिउँसोसम्ममा ७ लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ ।

गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय/नृत्य छ । ‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ ।

केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए ।

सङ्गीत प्रशिक्षण, साधानाले भन्दा पनि आफू रहरले गायक भएको थापाले बताए । उनुभयो । “मेरो मुख्य क्षेत्र मोडलिङ हो, म रहरले गायनतिर लागेँ”, थापाले भने , “कुनै औपचारिक ज्ञान भन्दा पनि मैले हाम्रै हावापानी, पाखा, पखेराबाट सङ्गीतमा लाग्ने प्रेरणा पाएँ ।” दर्शक, स्रोताकै माया र सद्भावले आफू गायकका रुपमा चिनिएको थापाको भनाइ छ ।

थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ ।

उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ । बागलुङको गलकोटमा जन्मेका गायक थापाका दर्जनौँ गीत सार्वजनिक भएका छन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

म्युजिक भिडियो

प्रकाशित भएको : August 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु