नाचगानसहित दरभोज गरेपछि देखियो कोरोना, टोलवासी नै स्तब्ध

 

काठमाडौंको

पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाको ३ वटै जिल्ला प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको छ । प्रशासनले जिल्लावासी सबैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान गरिरहेको छ ।

कोरोना संक्रमणप्रति सतर्कता अपनाउन भोज भतेर लगयत सामूहिक जमघट समेत निषेध गरिएको छ । स्रोतका अनुसार संक्रमित ती महिलाले भने आफूमा कोरोना पुष्टि हुनअघि घरमै तीजको दर भोज आयोजना गरेकी थिइन् ।

घरमा आयोजना गरेको केही घण्टापछि उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । दर भोज आयोजकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि त्यसमा सहभागी हुने टोलका सबै स्तब्ध भएका छन् । संक्रमित महिलालाई घरमा छुट्टै राखिएको छ ।

संक्रमितले आयोजना गरेको दरभोजमा छरछिमेका सबै सहभागी भएका कारण सयपत्री टोललाई सिल गर्ने तयारी भइररहेको छ ।

प्रकाशित भएको : August 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु