१२ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्ने डब्ल्यूएचओको नयाँ नियम

 

विश्व स्वास्थ्य संगठन


विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले १२ वर्षमाथिका बालबालिका तथा किशोर अवस्थाका व्यक्तिबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नियम जारी गरेको छ ।

डब्ल्यूएचओले १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलने देखिएकोमा अहिले किशोर अवस्थाका व्यक्तिबाट पनि वयस्कबाट जस्तै संक्रमण फैलने पाइएकाले उनीहरुलाई मास्क अनिवार्य गर्न डब्ल्युएचओले सुझाव दिएको छ ।

तर उसले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन तथा ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ । कोरोना भाइरसका कारण विश्वभर दुई करोड ३३ लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने आठ लाख नौ हजार जनाको ज्यान गइसकेको छ ।


सरकारले लक्षण नभएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ । यो संगै अब लक्षण देखिएका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षण नभएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।
यसैगरी सरकारले अस्पताल र मेडिकल कलेजहरुमा कम्तिमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।
होम आइसोलेसनमा बस्दा निम्न मापडण्डको पालना गर्नुपर्ने हुन्छ ।
यि कुराहरुको पालना गरेमा संक्रमीत ब्यक्ति छिटो संक्रमण मुक्त हुनुको साथै परिवार तथा अन्यमा संक्रमण फैलने सम्भावना पनि कम रहन्छ ।

होम आइसोलेसनमा बस्दा यी नियम पालना गर्नुपर्नेछ :

१) हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउने

२) उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने

३) खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ जस्तैः पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने ।

४) प्रयोग गरिएका भाँडाहरू सुरक्षितरूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,

५) स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरूपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोगपछि सरसफाइमा प्रयोग हुने disinfectant ले राम्रोसँग सफा गरेपश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,

६) हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माइने ब्रस लगायतका समानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने,

७) धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,

८) हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नु पर्ने र सबै सदस्यहरूले समय समयमा सफा गर्ने,

९) भाँडाकुँडा, कपडा धुनका लागि पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रोसँग घाममा सुकाउने,

१०) निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने,

११) बढी जोखिममा रहने समूहहरू जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट टाढा राख्नु पर्नेछ,

१२) दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने ।

१३) हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस.बाट जानकारी गराउने,

१४) निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ :

श्वासप्रश्वासमा कठिनाइ भएमा,
छाती दुखे वा भारी महसुस भएमा,
ओठ तथा अनुहार नीलो देखिएमा,
होस हराएमा,
अन्य कुनै जटिल अवस्था देखिएमा ।

घरमा रहेका बिरामीहरूको नियमित अनुगमनः
१) सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एस.एम.एस.बाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिइ अभिलेख व्यवस्थित गर्ने ।

प्रकाशित भएको : August 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु