
धनुषा,
आइसोलेशनमा उपचाररत कोरोना संक्रमितहरुको सफाइकर्मीले ऊपचार गर्छन, भनेको सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ, तर यो घटना सत्य हो ।
प्रदेश २ को सबैभन्दा व्यवस्थित र सुविधा सपन्न आइसोलेसन भनिएको धनुषाको नगराइन नगरपालिकास्थित गंगुलीमा बनाइएको आइसोलेसनमा सफाईकर्मीहरु नै संक्रमितहरुको उपचार गर्न पुगेका थिए ।
पीपीई लगाएका सफाईकर्मी
धनुषाका एकजना सञ्चारकर्मीनै संक्रमित भएर आइसोलेसनमा गएपछि प्रदेश २ सरकारले धनुषाको गंगुलीमा सञ्चालन गरेको आइसोलेशन सेन्टरमा चिकित्सकको काम सफाईकर्मीले नै गर्ने गरेको भिडियो नै सार्वजनिक भएको छ ।
संक्रमित सञ्चारकर्मीले सार्वजनिक गरेका उक्त भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आफू स्वीपरको जिम्मेवारीमा रहेको बताउने पीपीई लगाएका उक्त व्यक्तिले थर्मलगनसहित विरामीहरुको उपचारमा आएको धाक लगाए । उनले आफ्नो नाम भने उल्लेख गर्न मानेनन् ।
धनुषाको आइसोलेनमा सफाईकर्मीले नै गर्छन् कोरोना संक्रमितको उपचार
आइसोलेशनमा उपचाररत कोरोना संक्रमितहरुको सफाइकर्मीले ऊपचार गर्छन, भनेको सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ, तर यो घटना सत्य हो । प्रदेश २ को सबैभन्दा व्यवस्थित र सुविधा सपन्न आइसोलेसन भनिएको धनुषाको नगराइन नगरपालिकास्थित गंगुलीमा बनाइएको आइसोलेसनमा सफाईकर्मीहरु नै संक्रमितहरुको उपचार गर्न पुगेका थिए ।
Gepostet von News24 Nepal am Samstag, 22. August 2020
मोबाइलको क्यामेरा तेर्साउदै संक्रमित पत्रकारले, ‘तपाई डाक्टर हो ? भनेर सोध्दा ‘होइन, मलाई डाक्टर साबले पठाउनु भएको हो’ भनेर जवाफ फर्काए ।
त्यसपछि पुनः पत्रकारले सामान्य मान्छेको शरीरको तापक्रम कति हुन्छ, थाहा छ तपाईलाई ? भनेर अर्को प्रश्न गरे । त्यसबेला उक्त व्यक्तिले आफू स्वीपर रहेको र डाक्टर साबको आदेशमा एकजना बृद्व विरामीको तापक्रम नाप्न आएको बताउँछन् ।
यस्तो गम्भीर विषयमा पनि भएको यो खेलवाडले संघीय सरकारलाई गाली गर्ने मुख्यमन्त्री लालबाबु राउत र उनको सरकारलाई गिज्याइरहेको छ ।
प्रतिकृया दिनुहोस्