प्लाज्मा थेरापीबाट उपचाररत धरानका कोरोना संक्रमितको मृत्यु

 

प्लाज्मा थेरापीबाट उपचाररत धरानका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

विपी प्रतिष्ठानमा उपचाररत उनको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। धरान-८ निवासी उनलाई गत साउन ३० गते भर्ना गरिएको थियो।

भर्ना गर्दा नै उनको अवस्था गम्भीर देखिएपछि अस्पतालले उनको प्लाज्मा थेरापीबाट उपचार अगाडि बढाएको थियो। ‘हामीले पहिलोपटक प्लाज्मा थेरापी विधि उहाँमै प्रयोग गर्यौं। तर अवस्था निकै नै गम्भिर भएाकाले सुधार हुन सकेन,’ डा. सापकोटाले भने।

मृतक पुरुष लामो समयदेखि मधुमेह, रक्तचाप र फोक्सोका विरामी पनि रहेको अस्पतालले जनाएको छ। अहिले उनको शव अस्पतालमै राखिएको छ। शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ।

त्यस्तै काठमाडौंमा कोरोनाले थप एकको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका झापाका एक व्यक्तिको मृत्यु भएको हो । दमक(१ मा अस्थायी बसोबास गर्ने व्यक्तिको उपचारको क्रममा आइतबार दिउँसो काठमाडौंस्थित ह्याम्स हस्पिटलमा एक पुरूषको मृत्यु भएको हो

प्रकाशित भएको : August 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु